April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

2K

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । कार्यलयले आइतबार एक सूचना जारी गर्दै चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी सूचना अनुसार पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोएिको छ ।

यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Advertisement