November 3, 2024, Sunday
२०८१ कार्तिक १९
1:37:26 pm

‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गरिने

1.9K

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाको समय सकिए लगतै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार चक्रपथ बुढानीलकण्ठ सडक अवलोकन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खाल्डाखुल्डीरहित काठमाडौं अभियान चलाउने बताएका हुन् ।

काठमाडौंका सडकमा खानेपानी तथा ढल निकास विभाग र नेपाल विद्युत प्राधिकरणका कारण खाल्डाको समस्या बढी देखिएकाले ती निकायसँग छलफल गरेर अभियान थाल्ने मन्त्री ज्वालाले बताए । खानेपानी, प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिएको उनको भनाइ छ। संघ सरकार मातहतका सडक भदौ दोस्रो साताबाट स्तरोन्नति गर्ने तयारी छ ।

‘दैनिक लाखौं मानिस हिँड्ने बाटोमा खाल्डाखुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौ,’ मन्त्री ज्वालाले भने, , ‘खाल्डाखुल्डी पुरेर सडकको स्तरोन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं ।’

Advertisement