September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

अविरल वर्षाका कारण काठमाडौंका केही स्थान डुबानमा

810

काठमाडौं । अविरल वर्षाले काठमाडौँको केही स्थान डुबानमा परेको छ ।

उपत्यकाका रातभर भारी वर्षा भएको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी सामाखुसी क्षेत्रको निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् ।

Advertisement

सामाखुशीको एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।

त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।