September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

‘बालेन बन्ठे हुँदै गयौ’ नारासहित मेयर-उपमेयरको कार्यालय अगाडी प्रदर्शन

975

काठमाडौं। । ‘बालेन बन्ठे हुँदै गयौ’ नारासहित स्वतन्त्र समूहले मेयर तथा उपमेयरको कार्यालय अगाडी प्रदर्शन गरेको छ । आफूहरूलाई स्वतन्त्र रुपमा चिनाउदै आएको उक्त समूहले राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले काठमाडौं महानगरको ज्यादती अन्त्य गर्नुपर्ने र सबै पेसा व्यवसाय र मानिसहरूलाई समान व्यवहारको माग गर्दै प्रदर्शन गरेका हुन् ।

‘गरिब हैन गरिबी हटाउ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘हाम्रो चिनारी क्रुरता कि करुणा?’, ‘बालेन बन्ठे हुँदै गयौ’, ‘गरिखान देउ’ लगायतको नाराका साथ लामबद्ध भएर उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ठेला र फुटपाथ व्यापारी माथि गर्दै आएको ज्यादती अन्त्य गर्न र उचित विकल्प दिन माग गरेका छन् ।

Advertisement

यसअघि उनीहरुले महानगरपालिकाको कार्यालय अगाडी शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।