February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

‘फूर्ति फार्ति गर्ने विरुद्ध समाजवादी मोर्चा’- माधव नेपाल 

1.8K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्ति फार्ति गर्नेका विरुद्ध भएको बताए । शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) को प्रथम  बागमती प्रदेश कमिटी भेलालाई उद्घाटन गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चाबारे यस्तो अभिव्यक्ति दिएका हुन्।

अहिले मुलुकको परिवर्तन विरुद्ध सल्बलाइरहेको भन्दै त्यसको विरुद्ध समाजवादी मोर्चा केन्द्रित हुने पनि उनले बताए ।

मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरूलाई सँगसँग लिएर अघि बढ्ने भन्दै अध्यक्ष नेपालले समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको बताए ।

Advertisement

उनले बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने बताए । समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको भन्दै अध्यक्ष नेपालले  संविधानका बारेमा बिमति राख्नेहरूसँग पनि हातेमालो गर्दै संविधानका साथै परिवर्तनहरूलाई बलियो बनाउने बताए ।