November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

संयुक्त खस क्षत्री नेपाल बागमती प्रदेश भेला सम्पन्न

2.3K

काठमाडौं । संयुक्त खस क्षेत्री नेपालकाे बागमती स्तरीय विस्तारित प्रदेश भेला तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएकाे छ । बागमती प्रदेश समितिकाे आयाेजनामा शनिवार काठमाडौं काँडाघारीस्थित सनसिटी पार्टी प्यालेसमा भेला सम्पन्न भएकाे हाे ।

समाजका बागमती प्रदेश प्रमुख माेहन कुमार बस्नेतकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा कागेश्वरी मनाेहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कार्कीले नेपाल देश निर्माणमा महत्वपूर्ण याेगदान गर्ने खस क्षत्रीकाे इतिहासलाई राज्यले मुल्यांकन गर्न नसकेकाे धारणा राख्दै समाजकाे उत्थानकाे लागि नगरबाट हुनसक्ने सहयाेग गर्नेसमेत बताए।

Advertisement

त्यस्तै विशेष अतिथि समाजका केन्द्रीय अध्यक्ष ताराबहादुर बस्नेतले खस क्षत्रीकाे आफ्नाे छुट्टै पहिचान भएपनि राज्यले त्यसलाई स्वीकार नगरेर खस क्षत्रीलाई उपेक्षा गरेकाे बताए।

कार्यक्रमका अन्य वक्ताहरुले खस क्षत्री समुदायकाे पहिचान स्थापित गराउन निरन्तर लागिरहने कुरामा जाेड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य बागमती प्रदेश सदस्य नारायणी थापाले राखेका थिए भने समाजका केन्द्रीय साथै बागमती प्रदेश पदाधिकारी लगायतकाे उपस्थीति थियाे ।

कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति समेत राखेका थिए ।