November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आन्दोलनको घोषणा पछि हाजिर गराइयो पशुपति क्षेत्र विकास कोषका श्रमिकहरूलाई  

4.6K

काठमाडौं । पशुपति क्षेत्र विकास कोष प्रशासनले फरक राजनीतिक आस्थाका आधारमा निलम्बन गरेका श्रमिकलाई हाजिर गराएको छ । फरक राजनैतिक आस्थाका आधारमा निलम्बन गरि जागिरबाट हटाउने षड्यन्त्र विरुद्ध एकीकृत ट्रेड युनियन महासंघ  नेपाल र पशुपति क्षेत्र विकास कोष कर्मचारी संगठन नेपालले आन्दोलनको घोषणा गरेपछि श्रमिकलाई हाजिर गराएको हो ।

आस्थाका आधारमा निलम्बन गरी जागिरबाट हटाउने षड्यन्त्रको बिरूध्द एकीकृत ट्रेड युनियन महासंघ, नेपाल र पशुपति क्षेत्र विकास कोष कर्मचारी संगठन नेपालले आजबाट पशुपति कोष घेराउको कार्यक्रम सार्वजनिक गरेसँगै कोषले श्रमिकहरूलाई हाजिर गराएको हो । 

श्रमिकको हाजिरी खुलेसँगै आजबाट गरिने भनिएको कोष घेराउ कार्यक्रम र कार्यालय बन्द कार्यक्रम स्थगित गरेको आन्दोलनरत श्रमिकहरूले बताएका छन् ।  

Advertisement

आन्दोलनरत पक्षले पशुपति क्षेत्र विकास कोष जस्तो धार्मिक संस्थालाई निजी कम्पनी जसरी संचालन गरिरहेका गिरोहको अधर्मी हर्कत बिरूद्धको अभियान भने निरन्तर संचालन रहने बताएको छ ।

पशुपति क्षेत्र विकास कोषमा भएको अनियमितता (जलहरी सुन काण्ड , घ्यम्पो काण्ड र जग्गा काण्ड) भ्रष्टाचार , मनोमानी कर्मचारी नियुक्ति (आफन्त भर्ती केन्द्र) , श्रमिक माथिको विभेद लगायतका विषयमा थप छलफल गरी आन्दोलनको कार्यक्रम तय गरिने आन्दोलनरत पक्षले बताएको छ ।