November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कार्की कुलायन व्यवस्था समिति नेपालको दोश्रो साधरण सभा सम्पन्न

1.6K

सिन्धुली । मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालको दोश्रो साधरण सभा सम्पन्न भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा सम्पन्न सधारण सभाले भुवन कार्कीको अध्यक्षतामा कमलामाई नगर समितिको गठन गरेको छ ।

हराएको कुल र वंशको रक्षा गर्ने उदेश्यसहित पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् । साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले पनि आफ्नो कुलको रक्षा गर्न र भाइबन्धुको एकता कायम राख्न कार्कीहरु लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

यसै क्रममा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका केन्द्रीय सदस्य शंकर कार्की, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगायतले कार्की क्षेत्रीहरुको इतिहासको कदर गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

Advertisement

सिन्धुली जिल्लाको कमलाखोच, सुनकोशी, गोलान्जोर, तीनपाटन र कमलाामाई क्षेत्रमा मुडुला कार्कीहरुको अत्यधिक बसोवास रही आएको छ ।

कार्यक्रममा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर कार्की, जिल्ला अध्यक्ष केदारकुमार कार्की, उपाध्यक्ष जितबहादुर कार्की, सचिव लोकबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।