काठमाडौं । नेपाल दलित मुक्ति सङ्गठन वाग्मती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले द्वारिका शंकरको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा गोविन्द रसाइली, उपाध्यक्षद्वय रमेश रसाइली र हर्क विश्वकर्मा, सचिव राम नेपाली, उपसचिव त्रय छत्र लाखे, सीमा मगराती र काजेन्द्र परियार तथा कोषाध्यक्ष श्याम काजी गजमेर रहेको ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।