November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मेयर बालेन्द्र साहले दिए तार काट्ने चेतावनी

1.4K

काठमाडौँ । मेयर बालेन्द्र साहले शहरका पोलहरुमा तार काट्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, “शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।”

तारलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको तर त्यसतिर कुनै सुनुवाइ नभएर १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेकोमा कुनै सुनुवाई नभएको मेयर साहको भनाई छ । “त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।” मेयर साहले थप जानकारी दिएका छन्

“समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँ हरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौ ।” मेयर साहको भनाई छ ।

Advertisement