November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भक्तपुरमा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

1.7K

भक्तपुर । भक्तपुरमा माटोको ढिस्कोले पुरिदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेव रहेका छन् ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–२ बालकोट रागीनी हाईटस्थित कौशलटारबाट सिरुटार जाने सडकको भित्री बस्तीमा नयाँ ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा आइतबार साँझ माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो ।

उक्त स्थानमा ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खस्दा नितेश समेत २ जना कामदारहरु पुरिएपछि तत्काल प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय र जेसिबीको सहयोगमा पुरिएका कामदारहरुलाई उद्धार गरी उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाएकोमा उपचारको क्रममा नितेशको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

Advertisement

घाइते अन्य १ जना कामदारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।