काठमाडौं। घरको छतबाट खसेर घाइँते भएका रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको घटनालाई लिएर प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएको छ । अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुन् । दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए ।
सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।