November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

तीन तला माथिबाट खसेको अवस्थामा फेला परे रवि लामिछानेका सवारी चालक

2.5K

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे चितवनको भरतपुरस्थित भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

तीन तलाबाट खसेका उनको टाउको र खुट्टामा चोट लागेको र हाल भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको प्रहरीले जनाएको छ । थापा रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

लामिछानेलाई लिएर आइतबार तनहुँको दमौली पुगेका थापाको आज बारा जाने कार्यक्रम थियो ।

Advertisement