November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

संघीयताको पहरेदार स्थानीय सरकार : प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री श्रेष्ठ

8.2K

धादिङ । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संघीयताको पहरेदार स्थानीय सरकार भएको बताए छ । स्थानीय तहको लागि कानून निर्माण, मेलमिलाप एवम् राजपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनेको तर ऐन कानून धेरैजसो पन्चायतकालीन हुँदा संघीयता कार्यान्वयनमा समस्या आएकाले त्यस्ता ऐन कानून समयानुकूल परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागीहरुलाई जनपक्षीय कानून निर्माण गर्न अपील गर्दै मन्त्री श्रेष्ठले राजपत्र शब्दलाई समयानुकूल परिवर्तन गरी ‘जनपत्र’ बनाउन पहल गर्ने कुरा बताए ।

यस्तै, स्थानीय तहमा न्यायीक समिति प्रमुखले उत्साहपूर्ण ढंगले न्याय निरुपण गरिरहेको भएपनि न्यायीक सहजकर्तामा आवश्यक आधारभूत कानुनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावकारी हुन नसकेके मन्त्री श्रेष्ठले बताए ।

Advertisement

आन्तरिक मामिला मन्त्रालयले बागमती प्रदेशका सबै पालिकामा न्यायिक सहजकर्ताको आवश्यकता रहको कुरा औँल्याउँदै प्रदेशका सबै पालिकामा स्थायी दरबन्दी कायम गर्न पहल गरिने पनि मन्त्री श्रेष्ठले बताए।

संघीयतामा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हुने भएकाले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन स्थानीय सरकार सबैभन्दा बढी सक्रिय हुनुपर्ने कुरा बताउँदै मन्त्री श्रेष्ठले संघीयता कार्यान्वयनमा देखिएका समस्यासँग भाग्ने होइन डटेर संघर्ष गर्दै अघि बढ्न निर्देशन समेत दिए ।

मन्त्रालयका सचिव ध्रुव गैँडा, मुख्यमन्त्री कार्यालयका कानून सचिव विनोद भट्टराई, उपसचिव अनुशील सापकोटा, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका राजपत्र सम्वन्धि श्रोत व्यक्ति सुवास कुमार भट्टराईलगायतले सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।

कार्यक्रममा धादिङ र नुवाकोट जिल्लाका स्थानीय तहका कानून निर्माण, मेलमिलाप र राजपत्र प्रकाशनमा संलग्न स्थानीय तहका अधिकृत तथा न्यायीक सहजकर्ताहरुको सहभागिता रहेको थियो ।