November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कला संग्रहालय निर्माणका लागि प्रारम्भिक भिजनले मात्रै पुग्दैन, विज्ञहरुसँग परामर्श गर्नुपर्छ: मन्त्री श्रेष्ठ

7.6K

काठमाडौं । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीको कमलामाई-३, चपौलीमा निमार्णाधिन कलाघरको अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा कलाघर सिन्धुलीका अध्यक्ष सुमन आइडुले नमुना कला संग्रहालय कस्तो बनाउने भन्नेबारे २८ बुदामामा उल्लेख गरेर मन्त्रि श्रेष्ठलाई बुझाएका थिए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय कलाघर सिन्धुलीको कला संग्रहालय निर्माणको लागि चालु आर्थिक बर्षमा बागमती प्रदेशद्धारा बिनियोजित बजेट भन्दा दोब्बर बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए ।

Advertisement

मन्त्री श्रेष्ठले कलाघरको कला संग्रहालय निर्माणको लागि प्रारम्भिक भिजनले मात्रै नपुग्ने भन्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय कलाका विभिन्न विधाका विज्ञहरुसँग व्यापक परामर्श गरेर उनीहरूको आइडियाका आधारमा योजना बनाउन सुझाव दिए । उनले भने, ‘कलाकार सुमन र उनको नेतृत्वमा बामे सर्दै गरेको कलाघर सिन्धुलीका सम्पूर्ण टीमको सामूहिक प्रयत्न र अथक संघर्षबाट भविष्यमा नेपालले नै गौरव गर्ने मौलिक नेपाली कलाघरको निर्माण, मौलिक कलाको संरक्षण र सम्बर्द्धन हुने कुरामा आशावादी हुन सकिन्छ ।’