काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारि दिइएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो ।
यसैगरी, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा प्रा.डा. नरविक्रम थापालाई नियुक्त गरेको छ ।
मन्त्री श्रेष्ठका अनुसार बैठकले बैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकार मातहतका सबै कार्यालयहरूमा अनिवार्य विद्युतीय हाजिरी सेवा लागुगर्ने निर्णय पनि गरेको छ ।
यस्तै, माझी समुदायको लदी पर्व फाल्गुन १५ र चेपाङ समुदायको न्वागी पर्व भाद्र २२ गते सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने पनि निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।