November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बागमती प्रदेशका १ हजार ५ सय ८५ पत्रकारको सामूहिक दुर्घटना बीमा

7K

काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत १ हजार ५ सय ८५ पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत एक जना पत्रकारको ४ लाख रुपैया बराबरको दुर्घटना बीमा गरिएको हो ।

चैत ५ गतेबाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा ४ लाख रुपैया र दुर्घटना भएमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने छ ।

मन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामूहिक दुर्घटना बीमा लागू भएको हो ।

Advertisement

मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा पत्रकारका संस्थाहरुलाई समेत पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताए ।