काठमाडौं । बागमती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
बागमती प्रदेशको गत माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकले बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सोमबारका बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव तथा प्रवक्ता अनुशील सापकोटाले जानकारी दिएका छन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ रहेका छन् ।
