November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

उपत्यकामा निषेधाज्ञा १५ दिन थप्न डीसीसीएमसीकाे सिफारिस

3.9K

काठमाडौं : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ। आइतबार बसेको बैठकले अझै कोभिड संक्रमण नियन्त्रणमा नआएकाे भन्दै यस्ताे सिफारिस गरेकाे हाे। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठक बसेर निर्णय लिने छन् । 

बैठकले जेठ २ गतेबाट एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको भेराेसेल खोप कार्यक्रम सञ्चालन गर्न उपत्यकाका स्थानीय तहलाई अनुमति दिएको छ। यसका लागि सबै वडालाई एक हप्ताको समय दिइएकाे छ।

केही निजी अस्पतालले कोभिड उपचारको शुल्क तोकिए भन्दा बढी लिने गरेको गुनासो आएकाले अनुगमन टोली बनाई अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै, बैठकले उपत्यकामा भएका सबै अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालनमा ल्याउन अक्सिजन उत्पादक संघलाई निर्देशन दिएको छ।

Advertisement