November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

खुलामञ्च खाली गर्न चल्यो डोजर

4.9K

काठमाडौं: काठमाडौं महानगरपालिकाले डोजर लगाएर खुलामञ्च खाली गर्ने काम सुरू गरेको छ । बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ। खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई  महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने।

Advertisement

वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि आजबाट उनीहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालिएको मेयर शाक्यले बताए। उनले काठमाडौँ महानगरपालिकाका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको बताउँदै विस्तारै बसपार्क पनि खुला गर्ने बताए।