काठमाडौं– निर्वाचनको तयारीका विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाने भएका छन्। मंगलबार ११ बजे वैशाखमा हुने भनिएको निर्वाचनको तयारीका विषयमा बुझ्नका लागि प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन्।
यसका साथै नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र चुनाव चिह्नको विषयमा समेत छलफल हुने बताइएको छ।
पछिल्ला केही महिनायता नेकपामा आन्तरिक विवाद बढेसँगै पार्टी फुटको संघारमा रहेको अवस्थामा चुनाव चिह्नको विषयमा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल पक्षबीच विवाद चर्किरहेको छ।