November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

युनाइटेड र एभर्टनको बराबरी

3.1K

काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ। शनिबार राति भएको खेलमा युनाइटेडले एभर्टनसँग ३–३ गोलको बराबरी खेलेको हो।

घरेलु टिम युनाइटेडले बनाएको २–० गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाएको हो। युनाइटेडका लागि इडिन्सन काभानी, ब्रुनो फर्नान्डेज र स्कट म्याक टोमिनले गोल गरे। एर्भटनका लागि एब्डाउलय डाउकोउर, जेम्स रोड्रिगुएज र डोमिनिक काल्भर्ट लेविनले गोल गरे।

खेलको २४ औं मिनेटमा काभानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई १–० गोलको अग्रता दिलाए। खेलको ४५ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा डाउकोउरले गोल गर्दै एभर्टनलाई २–१ को स्थितिमा पुर्‍याए।

Advertisement

५२ औं मिनेटमा जेम्स रोड्रिगुएजले गोल गरेपछि एभर्टनले युनाइटेडविरुद्ध २–२ गोलको बराबरी बनाएको थियो। खेलको ७० औं मिनेटमा स्कट म्याक टोमिनले गोल गर्दै युनाइटेडलाई ३–२ गोलको अग्रता दिलाए। तर खेलको अतिरिक्त समयमा काल्भर्टले गोल गर्दै एभर्टनलाई ३–३ गोलको बराबरी दिलाए।

प्रिमियर लिग मै भएका अन्य खेलमा भने एस्टन भिल्लासँग आर्सनल १–० गोलले स्तब्ध हुँदा साउथह्याम्पटनलाई न्युक्यासलले ३–२ गोलअन्तरले पराजित गरेको छ। बर्नली र ब्राइटनले १–१ गोलको बराबरी खेल्दा फुलहाम र वेष्ट हामले भने गोलरहित बराबरी खेलेका छन्।

बराबरी खेल्दै अंक बाँडेसँगै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक बराबरी बनाउने मौका गुमाएको छ। युनाइटेडको २३ खेलबाट ४५ अंक हुँदा शीर्ष स्थानको सिटीको २१ खेलबाट ४७ अंक छ। एभर्टन भने २१ खेलबाट ३७ अंक बनाउँदै लिगको छैटौ स्थानमा उक्लिएको छ।