काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभा पुन:स्थापना पहिलो प्राथमिकता रहेको बताएका छन्।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,’हाम्रो आग्रह संसद पुनःस्थापनाका लागि हो। पहिलो प्राथमिकता संसद पुनःस्थापना हु्नुपर्छ भन्ने हो।’
उनले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको पनि बताए। कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको उनले बताएका हुन्। रासस