April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मौसम : पहाडका केही भाग र तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

2.6K

काठमाडौँ– आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै देशका पहाडी भुभागका केही स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement

प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा विभिन्न भू-भागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा विहानको समयमा बाक्लो हुस्सु/ कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध गरिएको छ ।