April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौंकाे विच सडकमै बस पल्टियाे

2.7K

काठमाडौं – काठमाडौंको रत्नपार्कबाट सहिदगेटतर्फ गइरहेको बस एकाएक पल्टिएको छ। तीव्र गतिमा गुडिरहेको बस भद्रकालीको आकासे पुल नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

माघ १ गते विहान साढे सात बजे बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। थानकोट चन्द्रागिरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा पर्दा एक जना घाइते भएको प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरीले तीव्र गतिका कारण बस दुर्घटनामा परेको जनाएको छ। बसमा पाँच जना सवार दिए। बीच सडकमा बस पल्टिएपछि त्यस क्षेत्रमा केही बेर यातायात अवरुद्ध भएको थियो।

Advertisement