April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मौसम: तराईमा शुक्रबारसम्म हुस्सु लाग्ने

2.7K

काठमाडौँ– तराईमा आउँदो शुक्रबारसम्म बाक्लो हुस्सु लाग्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

तराईका अधिकांश जिल्लामा सोमबारदेखि लागेको बाक्लो हुस्सु कम्तीमा शुक्रबारसम्म कायम रहने सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिए ।

बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

Advertisement

बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गर्नेहरूलाई गुजारा चलाउन मुस्किल परेको छ । तराईका जिल्लामा बाक्लो हुस्सु लाग्दा आन्तरिक उडान पनि प्रभावित हुँदै आएको छ ।

काठमाडौँ उपत्यकामा पनि तुवालो लागेको छ । मौसममा बदली आएपछि उपत्यकामा फेरि चिसो महसुस हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसको हाराहारीमा रहने छ ।