April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अबको केही दिन मौसम सफा रहने

5K

काठमाडौँ – पुस महिना लागेसँगै देशभर चिसो ह्वात्तै बढेको थियोे । मौसमी प्रणालीमा केही सुधार रहेकाले केही दिनदेखि तापक्रम बढ्न थालेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए । सामान्यतया कुहिरो लागेको समयमा तापक्रम बढ्ने मौसमविद् सापकोटाको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

अबको तीन दिन देशभरको मौसम सफा रहने भएको छ ।

Advertisement

पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका जिल्लाहरुमा भने हुस्सु लागेको छ । अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सफा रहेको छ ।