April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मौसमः पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

2.3K

काठमाडौँ- पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेकाले दिउँसोसम्म प्रदेश १ लगायतका पहाडी भेगका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबारबाट भने क्रमिकरूपमा मौसम सफा हुँदै जाने महाशाखाले जनाएको छ ।

Advertisement

तराईका अधिकांश  भू-भागहरुमा  बिहानीपख  वायुको  पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु  पनि महाशाखाले आह्वान गरेको छ ।