November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चट्याङले लागेर स्याङ्जामा एक जनाको मृत्यु

3.2K

स्याङ्जा– स्याङ्जामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको हो ।

अर्जुनचौपारी गाउँपालिका-२ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

उनका अनुसार बिहान ५:३० मा घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा मृत्यु भएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।