November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अध्यादेशबाट बजेट आउने प्रधानमन्त्रीको दाबी

3.5K

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने बताएका छन्। संसद् विघटन भइसकेकोले स्वाभाविक रुपमा बजेट अध्यादेशबाट आउने उनले बताए। 

‘१५ गते अध्यादेशबाट जारी हुन्छ। एउटा औपचारिक कार्यक्रममा त्यसको वाचन गरिनेछ,’ बालुवाटारमा आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले भने, ‘राष्ट्रपतिज्यूबाट जारी हुन्छ।’

उनले बजेट कोभिडविरुद्धको लडाइँमा केन्द्रित हुने बताए। ‘विकासलाई धेरै प्राथकितामा राख्दैनौं। कोभिडविरुद्धको लडाइँमा बजेट डेडिकेटेड हुन्छ,’ उनले भने,’ तर, मैले घाेषणा गरेका कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ।’

Advertisement