काठमाडौँ – नेकपा एमाले नेता माधव नेपाल समूहबाट बागमती प्रदेशसभा सदस्यको उम्मेद्वार बनेका डा. खिमलाल देवकोटाले उम्मेद्वारी फिर्ता नलिने घोषणा गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता देवकोटाले वाम गठबन्धनबाट उम्मेद्वारी दिउको भन्दै पुर्नविचार गर्न नसकिने स्पष्ट पारेका हुन् । उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा उम्मेद्वार बनेका थिए ।
‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले निष्ठा र ईमान्दारिताको राजनीतिप्रति गहिरो लगाव रहेको पनि उल्लेख गरेका छन् ।
देवकोटा स्वतन्त्र रूपमा कलम चिन्ह लिएर चुनाव उठेका छन् । नेकपा एमालेको विवाद समाधान उन्मुख रहेका बेला नेपाल निकट रहेका देवकोटाले उम्मेद्वारी फिर्ता लिने आँकलन गरिएको थियो ।
बागमतीमा गृहमन्त्री रामबहादुर थापा बादल र देवकोटाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । एमालेले बादललाई उम्मेद्वार बनाएको छ । त्यस्तै नेमकिपाका कृष्ण तामाङले पनि उम्मेदवारी दिएका छन् ।
यस्तो छ विज्ञप्ति२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, ।यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।हार्दिक कृतज्ञता सहित ।डा. खिमलाल देवकोटाराष्ट्रिय सभा सदस्य पदको उम्मेदवार ।वागमती प्रदेश ।