काठमाडौँ – ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५० हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३ लाख ५० हजार ४ सय ६९ पुगेको छ ।
त्यसैगरी ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि १ करोड ३४ लाख ४५ हजार ६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ६९ हजार ५ सय ९२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन भने संक्रमणबाट २ सय ५ सय ३५ जनाको मृत्यु भएको छ । अहिले पनि ब्राजिलमा १२ लाख भन्दा बढि कोरोना संक्रमित अवस्थामै रहेका छन ।