काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानिलकण्ठ निवासमा पुगेका छन् ।
सभापति देउवा बिहीबार आजका लागि संयुक्त बैठक बोलाएका थिए । त्यसअनुसार माओवादी अध्यक्ष प्रचण्ड देउवा निवास पुगेका हुन् ।
अध्यक्ष दाहालसहित माओवादी नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेता देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।