November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको कोरोना चट’ : प्रधानमन्त्री ओली

3.4K

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारी नियन्त्रण गर्न नसकेकाे भनि प्रधानमन्त्रीको आलोचना मात्र गर्नु भन्दा आफ्नो तर्फबाट अपनाउन पर्ने सुरक्षाका उपयाहरु अपनाउन सबैमा आग्रह गरेका छन् । उनले कोरोना भगाउनको लागि अरु केहि नगरेपनि अम्बाको पात उमालेर गागलगरे मात्रपनि कोरोनाबाट बच्न सकिने बताए ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामा बोल्दै उनले भने,‘ अलि तातोतातो पानी लिदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्ना ठाउबाट अपनाउन पर्ने सुरक्षाका उपायहरु अपनाउनुको सट्टा प्रधानमन्त्री गम्भीर भएन भनेर मात्र समश्याको समाधान नहुने पनि बताए । उनले भने, ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागेपनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेटनुपरेन ’ उनले भने, ‘प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’

Advertisement

उनले सोहि कार्यक्रममा बोल्दे भारतमा कोरोनाको महामारीको दर बढ्दै गएकाले आफुहरुको पक्षबाट सचेत नहुने हाेभने मुलुकलाई पुन लकडाउनको अवस्थामा लैजान पर्ने अवस्था आउन सक्नेमा पनि चेतावनी दिदै भने, ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । ’ उने सबैले सबधानि अपनाउन समेत आग्रह गरे, ‘हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । हामी कोभिड–१९ लाई अवसर नदिऔं ।’