November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको मौसम : आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

3K

काठमाडाैं–देशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार बाँकी भू–भागमा मौसम सफा रहनेछ। दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

Advertisement

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागको दाबी छ। 

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।