November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सेनाको पृतनापति समन्वयात्मक बैठक भोलिदेखि

२०७७ फाल्गुन १८

2.8K

काठमाडौं- नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक भोलि सुरु हुने भएको छ। जंगी अड्डा भद्रकालीमा हुने बैठक तीन दिनसम्म चल्नेछ। 

सेनाले यसलाई पृतनापति सम्मेलन समेत भन्ने गरेको छ। फागुन २७ गतेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वयात्मक बैठक बस्न लागेको हो। 

सम्मेलनमा पृतनापतिहरुबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन प्रस्तुत र गरिनेछ। जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए/गरेका कार्यहरुका बारेमा प्रस्तुतिकरण एवं छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

Advertisement