November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सरकार र विप्लव समूहकाे वार्ता समिति गठन कांग्रेस सकारात्मक

२०७७ फाल्गुन १८

3.2K

काठमाडाैं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताका लागि बनाएकाे समितिको स्वागत गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको  बताएका छन्।

‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएकाे छ,’ विज्ञप्तिमा भनिएकाे छ।

Advertisement


सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको  छ। यता  विप्लव समूहले पनि खड्कबहादुर विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको छ।