April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भागरथीको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले आज सार्वजनिक गर्दै

3.2K

धनगढी– बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले आज (बुधबार) सार्वजनिक गर्ने जनाएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेश सिंहले भागरथी पढ्ने विद्यालयकै कक्षा ११ मा पढ्ने छात्रले बलात्कार र हत्या आफूले गरेको स्वीकार गरेको नेपाल लाइभलाई बताए।

यो घटनापछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहेका छन्। डीआइजी सुवेदीले भने, ‘हामी यसको सबै विवरण बुधबार बिहान सार्वजनिक गर्छौं।’

Advertisement

भागरथी स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।