November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आजबाट काठमाडौँका १२ स्थानबाट कोरोनाविरूद्धको खोप लगाइँदै (सूचीसहित)

2.6K

काठमाडौँ– स्वास्थ्य कार्यालय काठमाडौंले १२ स्थानबाट कोरोना विरुद्धको खोप लगाउन सुरू गर्ने भएको छ ।

स्वास्थ्य कार्यालयले काठमाडौँका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि आजदेखि ८ गतेसम्म खोप अभियान संचालन गर्दैछ।

Advertisement

पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्लास्तरीय जनपद प्रहरी, सीमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र पत्रकारलाई खोप लगाइँदै छ ।

खोप लगाउनका लागि परिचय पत्रसहित उपस्थित हुन मन्त्रालयले अनुरोध गरेको छ ।

कहाँ कहाँ लगाइनेछ खोप ?