April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गैर–आवासीय नेपालीहरुलाई नेपाल आमन्त्रण गर्ने नीति बनाउनै पर्छः सुरेन्द्र पाण्डे

3.1K

लन्डन । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले गैर–आवासीय नेपालीहरुले चाडै नागरिकता पाउने बताएका छन् ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आयोजना गरेका अन्तरकृया कार्यक्रममा बोल्दै पूर्व मन्त्री पाण्डेले नागरिकता विधेयक संसदमा पेश भएर पारित भएपछि गैर–आवासीय नेपालीहरुको नागरिकताको विषय टुङ्गिने बताए । गैर–आवासीय नेपालीहरुको नागरिकताको विषयमा कुनै पार्टीमा समेत केही विवाद नरहेकाले यो विषय चाडै टुङ्गोमा पुग्ने बताउदै उनले भने “समितिले दिएको रिपोर्टमा गृह मन्त्रालयमा केही विवादका कारण नागरिकता विधेयक रोकिएको छ, ति विवादका विषयहरुलाई समाधान गर्न राजनीतिक सहमतिका आधारमा संसदमा गएर टुङ्ग्याउन सकिन्छ । र त्यो चाडै टुङ्गोमा पुग्ने छ तपाईहरु केही समय पर्खिनुहोस तपाइहरुले नागरिकता पाउनु हुन्छ” उनले भने ।

साथै भूपु गोर्खा शैनिकहरुको हकमा वंशजको नागरिकता दिने प्रबन्ध निरन्तर गरे केही फरक नपर्ने विचार व्यक्त गर्दै पाण्डेले एक पटक पासपोर्ट लिएर विदेश गएका नेपालीहरुको हकमा पुरानो नागरिकतालाई निरन्तर दिन कुनै गाह्रो नभएकाले त्यो नेपालको हीतमा हुने बताए ।

उनले संविधान निर्माण गर्दै गर्दा उठेको आत्म निर्णयको अधिकारको विषयले अहिले गैर–आवासीहरुलाई मर्का परेको बताउदै यसको प्रभाव नागरिकता आन्दोलनको विषयसँग जोडिएको बताए ।

Advertisement

फरक प्रसंगमा वोल्दै पाण्डेले गैर–आवासीय नेपालीहरुलाई नेपाल आमन्त्रण गर्ने नीति बनाउन आवश्वक रहेको बताए । गैर–आवासीय नेपालीहरुको फरक फरक पृष्ठभूमी भएकाले प्रत्येकलाई नेपालमा आकर्षित गर्नका लागि भिन्न भिन्न नीति बनाए मात्र गैर–आवासीय नेपालीहरु नेपाल फर्कने पाण्डेले बताए ।

साथै पाण्डेले नेपालको आर्थिक अवस्था बाहिर चलेको हल्ला जस्तो भनएको भन्दै नेपालको आर्थिक रुपमा भविष्य उज्वल भएको बताए । ८० अर्वको माथिल्लो तामाकोशी लगायतका दर्जनौ आयोजनाहरु नेपालले स्वदेशी लगानीमा निर्माण गर्दै आएको बताउदै उनले नेपालले केही वर्षमा आर्थिक रुपमा फड्को मार्ने बताए ।

बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न लण्डन पुगेका पूर्वमन्त्रीज्यूहरु डा। मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे साथै सांसदहरु प्रमिला राई, जयकुमार राई, कृष्णप्रसाद दाहाल, पदम गिरी र कुलप्रसाद नेपालसंग संयुक्त रुपमा एनआरएनए युकेले अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।