April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम

शारदा भुजेल
२०८० भाद्र ४

2.8K

दोहा । विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रक्तदाता संघ कतार र कतार रेड क्रिसन्टको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली दूतावास कतारका प्रथम सचिव कृष्णकुमार सुवेदीले रक्तदान गरेपछि सुरु भएको कार्यक्रममा नेपाल, भारत, पाकिस्तान,बाङ्लादेशका गरी ४८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्न इच्छुक ६३ जना रक्तदाताहरुमध्ये प्राविधिक रुपमा योग्य ठहरिएका ४८ जनाले रक्तदान गरेका छन् ।

रेड क्रिसन्टको भवनमा भएको रक्तदान कार्यक्रममा कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत गरी ९० जना उपस्थित रहेका थिए ।

Advertisement