April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रथम दम्माम भेट्रान गोल्डकपको तयारी सकियो, मुख्य प्रायोजक संघीय लिम्बुवान सामाजिक मञ्च

9.7K

साउदी । प्रथम दम्माम भेट्रान गोल्डकप २०२३ को अन्तिम तयारी सकिएको छ । आज खेल तालिका सार्वजनिक गर्दै खेलको अन्तिम तयारी सकिएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रथम दम्माम भेट्रान गोल्डकप तथा दुई दिवसीय खुल्ला नकाउट खेल प्रतियोगिता साउदीको खोबरस्थित अल-थुक्बा क्लबको अजिजिया खेल मैदानमा सञ्चालन हुँदैछ । नयाँ वर्ष २०८० तथा मुस्लिम धर्मावलम्बीहरूको महान चाड/पर्व इद अल फितरको अवसरमा खेल सञ्चालन गर्न लागिएको हो ।

यस गोल्डकप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति साउदी अरबले मुख्य प्रायोजक गरेको छ भने सह-प्रायोजक अन्तर्गत गोल्डेन स्पोन्सर चौधरी ग्रुप (वाई वाई चाउचाउ), फ्रेन्डी प्याकेजले  गरेको छ ।

Advertisement

त्यस्तै सिल्बर स्पोन्सरमा सनराइज नेपाली कार्गो, एभरेष्ट ट्राभल एण्ड टुर, हिमालय ट्राभल एण्ड टुर, एभरेष्ट नेपाली होटेल र लाली गुराँस नेपाली होटल, हिमालयन बैंक, मोरंग सुनसरी सेवा समाज, साउदी अरब ग्लोवल आइएमइ, मनास्लु इन्टरनेसनल सर्भिस, अल्मराइ ए यस् इन्टरनेसनल, कुमारी रेमिट, अक्सफोर्ड इन्टरनेसनल लगायत रहेका छन् ।

प्रमुख सहयोगीहरूमा राजु शैयद् ,श्रीयावा लिम्बु, राजेन्द्र (जोन) अर्याल, कुबेर हुमागाई, जेन कुमार लामा, उमेश भट्टराई र राम चन्द्र पौडेल रहेका छन् ।

प्रतियोगिता २०८० बैशाख ८ र ९ गते अर्थात (२०२३ अप्रिल २१ र २२ तारिख) बेलुकी ५ बजेदेखि सञ्चालन हुने खेल तालिकामा जानकारी गरिएको छ । उक्त दुई दिवसीय फुटबल खेलमा साउदिमा स्थापित २० टिम नेपाली फुटबल क्लबहरूको सहभागीता रहेको क्लबका महासचिव पासाङ शेर्पाले जानकारी दिएका छन् भने खेलको फाइलन खेल गोल नेपाल डटकमबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रतियोगिता विजेता च्याम्पियन टिमले ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) र उप-विजेता टिमले २ हजार ५ सय २५ साउदी रियाल (नेपालि ८९ हजार) ट्रफि, प्रमाणपत्र, मेडल हात पर्ने छन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीलाई समेत ट्रफि, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।