October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

आदिवासी जनजाति महासंघ पोर्तुगलले गर्यो अन्तरक्रिया तथा साँस्कृतिक कार्यक्रम

1.4K

लिस्वन । २९औँ विश्व आदिवासी जनजाति दिवशको अवसरमा जनजाति महासंघ पोर्तुगलले एक अन्तरक्रिया तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । लिस्वनमा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले मुलवासीहरूले आफ्नो पहिचान र संस्कृतिको जर्गेना गर्ने गरेको प्रयास तथा आफ्नो हक अधिकारको लडाई नसकिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि पोर्तुगलका लागि अवैतनिक महावाणिज्यदुत मकर बहादुर हमालले पहिचार र रुपमान्तरणको लागि सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए । जनजातिभित्र पनि जातिय विधिधता रहेको र त्यसैलेका झल्को दिने गरी भएको साँस्कृतिक प्रस्तुतीहरूले साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव अक्षुण्ण राख्न सहयोगी भुमिका खेल्ने बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्तुगलका अध्यक्ष उमेश कुमार खड्काले महासंघले आयोजना गरेको यस कार्यक्रमबाट जातीय सद्भावलाई मजबुत बनाउने बताए । विश्वव्यापी रुपमा आदिवासी जनजातिहरूले विगत २९ बर्षदेखि मनाईरहेको यस दिवशले लैङ्गिक, वर्गिय, क्षेत्रिय, भाषिक तथा धार्मिक रुपमा पनि एकताबद्ध भएर जाने सन्देश दिने गरेको उल्लेख गरे । विदेशमा रहेका प्रत्येक नागरिकहरूलाई आफ्नो धर्म, भाषा, पहिचान, संस्कृतिप्रति सचेत मात्र होईन जगेर्ना गर्न पनि यस्ता किसिमका कार्यक्रमहरूले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

Advertisement

त्यस्तै, खड्काले अहिले गैरआवासीय नेपाली संघमा जनजातीहरूको प्रतिनिधित्व उल्लेख्य मात्रमा सहभागी भएको भन्दै त्यसलाई एउटा सहभागीको रुपमा मात्र नभई आफ्नो उपस्थितीको सार्थकता प्रमाणीत गर्ने गरी काम गर्न आग्रह गरे ।

त्यस्तै आदिवासी जनजाति महासंघ पोर्तुगलका प्रमुख सल्लाहाकार रमेश गुरुङ्गले जनाजातिहरूले वसौँ देखि आफ्नो अधिकारको लडाइ लडिरहेको भएपनि सोचेजति सफलता हात पार्न नसेकेको बताए । उनले अब जनजातिहरूको आन्दोलन जनजातिको मात्र नभएर सबै समूदायले अपनत्व लिनुपर्ने बताए ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्यद्व राजकुमार थापा, विनु वस्नेत तथा रोवर्ट लिम्बु लगाएत विभिन्न वैचारिक, भौगोलिक, सामाजिक संस्थाका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा भर्खरै सम्पन्न एनआरएनएको निर्वाचनमा निर्वाचित सम्पुर्ण आदिवासी जनजाति तथा महासंघको सल्लाहाकारमा मनोनितहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न जातजातिका कलाकारहरूले आफ्नो साँस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । महासंघका अध्यक्ष चोप कुमार मगरको सभापतित्वमा भएका कार्यक्रमलाई महासंघका महासचिव प्रेम चन्द्र लिम्बुले संचालन गरेका थिए ।