गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको आयोजनामा “मानसिक स्वास्थ्य सचेतना” कार्यक्रम जुम भर्चुअल माध्यमवाट भव्य रूपमा सम्पन्न भएको छ ।
वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोचिकित्सा विभाग प्रमुख प्रा.डा धनरत्न शाक्यले प्रमुख वक्ताको रूपमा मनोरोग पहिचान, उपचार तथा व्यवस्थापनको बारेमा अत्यन्तै सहज र सरल रूपमा बुझिने गरी पावर पोइन्ट प्रस्तुती दिएका थिए। नेपाली राजदूतावास भियनाका कार्यवाहक राजदूत डा.इला मैनाली , एनआरएनए अष्ट्रिया आईसीसी सदस्य विकाश कार्की, अमेरिकाबाट डा.विलोन खम्वु , जापानबाट डा दिलिप , एनआरएनए अष्ट्रिया संरक्षक समिति सदस्य तथा निवर्तमान अध्यक्ष विनोद चौलागाई ,अनुशासन समिति सदस्य मनिराज थेबे , सल्लाहकार ध्रुव पौडेल , सल्लाहकार तथा SCVS Club भियनाका उपाध्यक्ष लक्ष्मण भूजेल, समाजसेवी निलम सिन्चुरी, नेसास अष्ट्रियाका अध्यक्ष मन्जु खड्का, आदिवासी जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष स्वेता बज्राचार्य, महासचिव सचेता राई , कोषाध्यक्ष मलिसा गुरुङ्ग , एनआरएनए स्पेनका सचिव सुन्दरी लामा , धरान नेपालबाट मनोहर शाक्य लगायत विभिन्न देशहरूबाट सहभागीहरू उपस्थित थिए।
एनआरएनए अष्ट्रिया अनुशासन समिति सदस्य (पूर्व प्रवक्ता) डा. प्रदिप भण्डारीको विशेष पहल र संयोजकत्वमा आयोजित कार्यक्रममा सहभागिहरूले राखेका जिज्ञासाहरूलाई प्रा.डा धनरत्न शाक्यले सम्बोधन गर्दै सुझावहरु दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले मानसिक स्वास्थ्य सचेतनाका लागी कार्यक्रम धेरै फलदायक भएको र यो कार्यक्रमलाई नियमित रुपमा आयोजना गरियो भने नेपाली समाजमा दिनानुदिन बढ्दै गईरहेको मानसिक बिरामीहरु लगायत हर कोहिले लाभ लिन सक्ने र बेला बेलामा घट्ने अप्रिय घटनाहरु कम हुने सुझाव दिंदै कार्यक्रम आयोजक संस्था एनआरएनए अष्ट्रियालाई धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष भवानी तिवारीद्वारा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन प्रत्यक्ष या परोक्षरूपमा भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन मन्तव्यको साथ कार्यक्रम समापन गरिएको थियो । पहिलो चरणको कार्यक्रम संचालन संस्थाका प्रवक्ता शुभद्रा भण्डारीले गरेका थिए भने डा. शाक्यसंगको अन्तर्कृयात्मक कार्यक्रमलाई डा .प्रदिप भण्डारीले संचालन गरेका थिए । एनआरएनए अष्ट्रिया कार्यसमितिका वरिष्ट उपाध्यक्ष अनिता भुजेल, महासचिव रोशन घिसिङ्ग, कोषाध्यक्ष बिरेन्द्र बहादुर पुन, महिला संयोजक प्रतिभा कार्की लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।