November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित

690

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । आइतबार सम्पन्न राष्ट्रिय अधिवेशनबाट केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, उपाध्यक्षमा रिता श्रेष्ठ र अंकुश नेपाल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा प्रकाश नेपाल, कोषाध्यक्ष दिनेश कार्की र सह–कोषाध्यक्षमा मनिष शर्मा चयन भएका छन् भने कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपालचन्द्र लामिछाने चयन भएका छन् ।

समितिको सदस्यहरुमा अनिल तिमल्सेना, अरुणा कार्की, गोपाल अधिकारी, अमिता लामा र विश्व पौडेल निर्वाचित भएका छन् ।

Advertisement

यसैगरी विभिन्न राज्य समितिमा पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । जसमा केन्टकी राज्य समितिको अध्यक्षमा गोपाल नेपाल ‘फिस्टे’, मेरिल्याण्डको अध्यक्षमा लक्ष्मण पौडल, भर्जिनियाको अध्यक्षमा अर्जुन घिमिरे निर्वाचित भएका छन् ।