November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अनेसासले नौ जना महिलालाई ‘नवरत्न पुरस्कार’ द्धारा सम्मान गर्ने

3.5K

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न नौ जना महिलालाई ‘नवरत्न पुरस्कार’ले सम्मान गर्ने निर्णय गरेको छ । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिले अनु शाह, आचार्य प्रभा, ज्योति राई, मञ्जु कार्की, माया गुरुङ, रितादेवी प्रधान, शान्ता घिमिरे, डा सङ्गीता स्वेच्छा र सुनिता डङ्गोललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो ।

Advertisement