April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

क्यालिफोर्नियामा अर्को सामूहिक गोलीकाण्डमा ७ जनाको मृत्यु, ६७ वर्षीय झाओ चुन्ली पक्राउ

1.9K

काठमाडौं : अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको तेस्रो दिन पुनः दुईवटा गोली प्रहारका घटना भएका छन्। 

यी घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको तटीय सहर ‘हाफ मुन बे’ मा गोली प्रहारको घटना भएको हो। यो घटनामा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै अर्को एक घटनामा दुई विद्यार्थी मारिएका छन्। विद्यालयमा चलेको गोली लागेर २ विद्यार्थीको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। यो घटनामा संलग्नलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

Advertisement

सान फ्रान्सिस्कोमा गोली प्रहारको तेस्रो घटना भएको छ। उक्त घटनामा मानवीय क्षति बारेको विवरण प्राप्त नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

यसअघि शनिबार लस एन्जल्समा भएको गोली प्रहारमा ११ जनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न ७२ वर्षीय पुरुषको शव गाडीमा भेटिएको थियो।

अमेरिकामा हरेक दिनजसो गोली प्रहारका घटना हुने गरेका छन्। सन् २०२२ मा गोली प्रहारबाट ४४ हजारभन्दा बढीको मृत्यु भएको छ।