लण्डन – गत जनवरी ३१, २०२१ आईतवारका दिन बसेको प्रवासी नेपाली एकता मंच, युकेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न समसामयिक बिषयमा छलफल गरी निम्न निर्णयहरू गरेको थियो ।
बैठकको मूल एजेन्डा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवास समन्वय समितिको निर्देशन बमोजीम नेपालमा भईरहेको प्रतिगमन बिरोधी आन्दोलनमा ऐक्यबद्दता जनाउदै बृहत कार्यक्रमको आयोजना गर्ने पूर्व सहमति बारे छलफल गरेको छ। छलफलको क्रममा यस अधि पहिलो र दोश्रो चरणको आन्दोलनमा ऐक्यबद्दता जनाउदै प्रतिगमन बिरोधी बक्तव्य र भर्चुयल रूपमा बिरोधको कार्यक्रम सफल रहेको र अब तेश्रो चरणको आन्दोलनमा ऐक्यबद्दता जनाउन “संसद बिघटनको असंवैधानिक कदम र लोकतन्त्र” बिषयमा ०७ फेब्रुवरी २०२१ आईतवार बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
अन्तरकृया कार्यक्रमलाई बेलायती नेपाली जनसमुदाय समक्ष समेत पुर्याउने उद्देश्यले लकडाउनको बर्तमान स्थितिलाई मध्यनजर गर्दै भर्चुयल माध्यमबाट कार्यक्रम गर्ने र सो कार्यक्रममा बेलायत स्थित नेपाली कानुनविदहरू, विज्ञहरू र नेपालका राजनितीक दलसंग आवद्ध संगठनका नेताहरू समेतको सहभागिता गराउने निर्णय भएको छ। अन्तरकृया कार्यक्रममा संगठनमा आवद्ध सबै सदस्यहरूको सकृय सहभागिता रहनेछ साथै अन्य संगठनहरूको समेत उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
यसै गरी संभव भए सम्म आगामी शनिवार नेपाल स्थित कानुनविदहरूसंग पनि भर्चुयल माध्यमबाट छलफल गर्ने निर्णय भएको छ।
संगठन बिस्तार गर्न र बर्तमान अवस्थामा पार्टीका संगठनात्मक क्रियाकलापहरू अरू शसक्त ढंगले अघि बढाउन सल्लाहकार समिति, सचिवालय र संगठनको बिभिन्न तहमा कमिटी गठन र पुनर्गठनको लागि बिधि पद्धति र प्रकृया अनुसार नामहरू आगामी बैठकमा छलफलका लागि पेश गर्न अध्यक्ष र सचिवलाई जिम्मा दिने निर्णय भएको छ।
साथै, नेपालमा पार्टी बिभाजनको असरले बेलायतमा पनि केही कमरेडहरूको गतिविधि संगठनको हित बिपरित गुटबंदीमा कृयाशिल रहेको सुचना र उजुरी पाईएकोले सो बारे यथार्थ बुझी अर्कों बैठकमा छलफल गर्ने निर्णय भएको छ ।
यस बैठकले नेपालको बिध्यार्थी आन्दोलनका नेता, तथा २०३६ सालका अमृत साईन्स कलेज स्वबियूका सभापति डा. चन्द्र लक्सम्बाको दुःखद निधन प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै परिवारजनमा समबेदना प्रकट गर्ने निर्णय समेत गरेको छ।
नेपालको कम्युनिष्ट आन्दोलन र लोकतंत्र माथि संकट आएको चुनौतीपूर्ण घडीमा पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूका साथै लोकतंत्र मा बिस्वास गर्ने संपूर्ण प्रगतिशील, बामपंथी, देशभक्त लोकतन्त्रबादी जनसमुदायलाई बर्तमान घट्नालाई नजिकबाट अवलोकन गर्दै सत्य र निष्ठापुर्वक अभिव्यक्ति दिन समेत आग्रह गर्नु का साथै बेलायत स्थित संपूर्ण पत्रकारज्यूहरूलाई यसै मार्फत सहभागी हुन अनुरोध गर्ने निर्णय गरियो।
स्वस्थ छलफलमा सहभागी कमरेडहरूलाई स्वागत गर्दै भर्चुअल बैठकको संचालन कमिटीका सचिव सचिव सुरेश गौतमले गर्नु भएको थियो ।