November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अवैध बसेका श्रमिकलाई वैधानिक बन्न कुवेत सरकारले मार्च २ सम्म म्याद थप

2.8K

 कुवेतको आवासीय कानून उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न कुवेत सरकारले  मार्च २ सम्म म्याद थप गरेको छ ।

कुवेतको आवासीय कानुन उल्लंघन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि एक महिना थप गरेको हो । नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्यनजर गर्दै एक महिनाको अवधि थप गरिएको आन्तरिक मामिला मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता हुन यसअघि ३१ जनवरी २०२१ सम्म समयावधि तोकिएकोमा अब फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको जनाएको छ ।

Advertisement

थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लंघन गर्ने नेपाली लगायत विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम गरेको नपाइएमा उनीहरुलाई कुवेत सरकारको कानून बमोजिम जरिवाना गर्ने, निजहरूले आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयले जनाएको छ ।