April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

बेलायत शाखाद्वारा पत्रकार सुरेश धामीको उपचारका लागि आर्थिक सहयोग

845

लन्डन । नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले आर्थिक सहयोग नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि उपलब्ध गराएको छ। धामीको सहयोगार्थ बेलायत शाखाले ६५ हजार ५ सय रुपैयाँ सङ्कलन गरेको हो।

नेपाल पत्रकार महासङ्घ बेलायत शाखाका सचिव विश्वासदीप तिगेला र कार्यसमिति सदस्य वाचस्पति रेग्मीसहितको टोलीमार्फत सङ्कलित रकम महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई केन्द्रीय कार्यालयमा पुगेर हस्तान्तरण गरिएको छ।

mostbet

पत्रकार धामीको प्यान्क्रियाजमा ट्युमर भएपछि काठमाडौँ शिक्षण अस्पताल (केएमसी) अस्पतालमा सिनामंगलमा उपचाररत छन् ।

Advertisement

गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि अस्पतालमा भर्ना भएका धामीको शल्यक्रिया र त्यसपछिको सङ्क्रमणका कारण उपचार खर्च महँगो भएको थियो। पत्रकारिता बाहेक आयआर्जनको अन्य बलियो स्रोत नभएका धामीको परिवारले उपचारमा आर्थिक अभाव भएपछि सहयोगका लागि अपिल गरेको थियो। सोही अपिलका आधारमा केन्द्रले बेलायत शाखालाई सहयोगका लागि समन्वय गरेको थियो।

रकम बुझ्दै महासङ्घले सङ्कटको घडीमा विदेशमा रहेका पत्रकार साथीहरूबाट प्राप्त यो सहयोगले ठुलो राहत पुग्ने बताएको छ। महासङ्घले सहयोगका लागि बेलायत शाखाप्रति आभार समेत व्यक्त गरेको छ।

नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले यसअघि पनि बारम्बार अपदबिपतमा परेका पत्रकारका लागि विभिन्न किसिमका सहयोग पुर्याउंदै आइरहेको छ।